Doteli New

Doteli New
 

 

मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रद्द हुँदा युएई फाइनलमा पुगेको छ।

किन्रारा एकेडेमी ओभलमा नेपालको इनिङ्ग्स सकिएलगत्तै  वर्षाले रोकिएको थियो।यसअघि अश्मिना कर्माचार्यले युएईको ५ विकेट लिएपछि फाइनल प्रवेशका लागि नेपालले ८२ रनको लक्ष्य पाएको थियो।

तर नेपालले वर्षाका कारण ब्याटिङ गर्न पाएन। उत्कृष्ट बलिङ गरेकी अश्मिनालाई ुम्याच बलु दिइएको छ। खेलको नतिजा नआएपछि खेलको प्लेयर अफ दि म्याच भने घोषणा गरिएन। 

युएई यसअघि समूहमा अपराजित थियो। समूह विजेता बनेको आधारमा युएईलाई सेमिफाइनलमा विजेता घोषणा गरिएको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई १९।५ ओभरमा अलआउट हुँदै ८१ रनमा समेटिएको थियो। 

उसका लागि वैष्णव महेशले सर्वाधिक १६ रन बनाइन्। इशा ओझाले १५ रन बनाउँदा कप्तान छायाँ मुगहालले १४ रन जोडिन्।यस्तै खुसी शर्माले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

युएईलाई मध्यम योगफलमा रोक्न नेपालका लागि अश्मिना कर्माचार्यले सर्वाधिक ५ विकेट लिइन्। ईन्दु बर्माले ३ विकेट लिँदा सीता रानामगरले २ विकेट हात पारिन्।

३।५ ओभर बलिङ गरेकी अश्मिनाले १० रन खर्चिएर ५ विकेट लिएकी हुन्। यस्तै इन्दु बर्माले ४ ओभरमा १६ रन खर्चिइन्। यस्तै सीताले ४ ओभरमा १९ रन खर्चिइन्।

कप्तान रूविना क्षेत्रीले ४ ओभरमा १२ रन खर्चदै किफायती बलिङ गरिन्।संगीताले २ ओभरमा १० रन खर्चिँदा कविता कुँवरले २ ओभरमा १३ रन खर्चिइन्।

बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुग्ने आसामा रहेको नेपालले ब्याटिङ भने गर्न पाएन।यो खेलमा नेपालले युएईलाई हराएको अवस्थामा एसिया कप खेल्न पाउने थियो।प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन्।

रूविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले समूह ुबीुमा ४ खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो। यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो।

यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि भिड्नेछन्।च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ ।

Post a Comment

 
Top