Doteli New

Doteli New
 

 


रवि लामिछाने नेतृत्वको नयाँ राजनीतिक दल आयोगमा दर्ता भएको छ।

आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको उक्त पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए। पार्टीको नाममा स्वतन्त्र राख्न नहुने भन्दै लामिछानेले प्रस्ताव गरेको नाम राखेर पार्टी दर्ता गर्न नहुने भन्दै आयोगमा उजुरी परेको हो। 

आयोगका उपसचिव गुरू वाग्लेले लामिछानेको पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी भएको र चुनाव चिन्ह घन्टी रहेको जानकारी दिए।

टेलिभिजन प्रस्तोता लामिछानेले केही दिनअघि नयाँ पार्टी खोल्ने घोषणा गर्दै दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए।

उनले पार्टीको नाम राष्ट्रिय स्वतन्त्र दल र चुनाव चिन्ह घन्टी राखेर निवेदन दिएका थिए।

Post a Comment

 
Top