Doteli New

Doteli New
 

 


पर्सामा १४ वर्षीया बालिकाको अन्त्येष्टि गर्दैगर्दा पक्राउ परेका तीन महिलाविरूद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीका अनुसार तीन जना महिलाविरूद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको हो।

बुधबार बहुदरमाई नगरपालिका(७ विश्रामपुर छप्कैयाकी १४ वर्षीया बालिकाको मृत्यु भएको थियो। उनले विष सेवन गरेकी थिइन्। उनको मृत्यु भएपछि प्रहरीलाई खबर नै नगरी परिवारले गुपचुप अन्त्येष्टि गर्न ढोंगी खोलाको मसानघाट लगेका थिए। त्यहाँ अन्त्येष्टि हुँदै गर्दा राति करिब १० बजे प्रहरीलाई फोन आएको थियो। 

खबर पाएपछि ईलाका प्रहरी कार्यालय पोखरिया र जिल्लाबाट टोली खटिएको थियो। त्यहाँ पुग्दा सबै जना भागे। तर तीन जनालाई प्रहरीले नियन्त्रणमा लियो।

‘आत्महत्या गरेकी भनिएकी एक बालिकाको शव प्रहरीलाई खबर नगरी जलाइरहेको भन्ने जानकारी आएको थियो,’ कार्कीले भने, ‘खबर पाएपछि प्रहरीको टोली खटिएको थियो। घटनास्थलमा पुग्दा पुरूषहरू सबै भागे। महिलाहरू तीन जना पक्राउ परेका हुन्।’ 

त्यहाँबाट प्रहरीले १८ वर्ष नपुगेकी एक किशोरी, ४० वर्षीया आशा देवी र ५० वर्षीया उर्मिला देवी पक्राउ परेका हुन्।पक्राउ परेका एक जना नाबालिग भएको हुँदा प्रहरीले परिचय खुलाएको छैन।

घटनास्थलमा प्रहरी पुग्दा बालिकाको शव ५० प्रतिशत जलिसकेको थियो। अहिले शवको पोस्टमर्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ।

Post a Comment

 
Top