Doteli New

Doteli New
 

 


गुल्मी धुर्कोट गाउपालिकाकी उपाध्यक्ष सीता गिरीले आर्थिक अवस्था कमजोर भएका विपन्न तीन बालिकालाई पढाउने जिम्मा लिएकी छिन्।

हाडहाडेमा रहेको सोमर भोमर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत वसन्ती घर्तीमगर, ५ मा पढ्ने बन्दना घर्ती मगर र कक्षा ३ की वर्षा घर्ती मगरलाई पाँच वर्षसम्म पढाइदिने जिम्मा लिएकी हुन्। उपाध्यक्ष गिरीले आफू पदमा रहुञ्जेल उनीहरूको शैक्षिक जिम्मेवारी लिने घोषणा गरिन्। 

उनीहरूको घरको आर्थिक अवस्था देखेर केही गर्नुपर्छ भन्ने लागेकाले पाँच वर्षका लागि छोरीसरह मानेर पढाउने उनको दाबी छ। उनीहरूलाई पोशाक र शैक्षिक सामग्री हस्तान्तरण गरिसकेको गिरीले बताइन्।

स्थानीय सरकार विपन्नहरूको साथमा रहेकाले आर्थिक अभावमा शिक्षा लिनबाट कोही पनि वञ्चित हुननपर्ने बताइन्।

Post a Comment

 
Top