Doteli New

Doteli New
 

 

 


धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहरा काठमाडौं पुगेका छन्। मन्त्रालयबाट सिफारिस गरिएका योजनामा बजेट काटिदिएको गुनासो लिएर मन्त्री बोहरा काठमाडौं पुगेका हुन्। 

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९र८० का लागि ल्याएको बजेटमा सिफारिस गरिएका योजना आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले काटिदिएको उनको दाबी छ। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउन बोहरा काठमाडौं पुगेको स्रोतले बताएको छ।

बोहरा नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन् भने रावल एकीकृत समाजवादी पार्टीका मन्त्री हुन्। मन्त्री बोहरा प्रधानमन्त्री देउवाका विश्वास पात्र मानिन्छन्। 

Post a Comment

 
Top