Doteli New

Doteli New
 

 


जाजरकोटको नलगाड नगरपालिकामा पर्ने एक जंगलमा महिलाको शव फेला परेको छ। 

नलगाड नगरपालिका–१ की ४२ वर्षीया भगवती शाही घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

शव सडेको र गन्हाउने अवस्थामा पुगिसकेपछि गाउँलेले प्रहरीलाई खबर गरेको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए। ‘हामीलाई ८ गते खबर भएको हो, आज (आइतबार) बिहान हामीले भीरबाट शव निकालेर अस्पताल ल्याएका छौं,’ डिएसपी निरौलाले भने, ‘हामीले प्रारम्भिक अनुसन्धान सुरू गरेका छौं, घटना संकास्पद देखिन्छ।’

उनका अनुसार मृतकका श्रीमान लोकबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घरभन्दा करिब १ सय मिटरको दूरीमा फेला परेको महिलाको शवको प्रकृति हेर्दा एक हप्ताअघि नै मृत्यु भएको प्रहरीको अनुमान छ।



Post a Comment

 
Top