Doteli New

Doteli New
 

 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो।आइतबार ९७ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। 

महासंघका अनुसार तेजाबी सुन आज ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ। आइतबार तेजाबी सुन ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेको छ। योसँगै चाँदी एक हजार दुई सय ९० रुपैयाँ प्रतितोला मूल्य पुगेको छ। 

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य प्रतिऔँस ३।२१ अमेरिकी डलरले बढेको छ। सुनको मूल्यको हरहिसाब राख्ने गोल्ड प्राइस डटकमका अनुसार विदेशी बजारमा सुन प्रतिऔँस एक हजार आठ सय ५५ अमेरिकी डलरमा कारोबार भएको छ।

Post a Comment

 
Top