Doteli New

Doteli New
 

 


अभिनेत्री मिरुना मगरले ‘कबड्डी ४’ प्रदर्शनका क्रममा गत आइतबार आफूमाथि दुर्व्यवहार भएको भन्दै उजुरी दर्ता गरिन्।

उनको उजुरीका आधारमा पक्राउ परेका युवाको रिहाइको माग गर्दै अहिले चर्को प्रदर्शन भइरहेको छ। चावहिलस्थित एफक्युब मल्टिप्लेक्सले बाहिर भएको तनाव नियन्त्रण गर्न नसकेपछि हलले ‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाएको छ। 

एफक्युब सिनेमा हल रहेको भवन केएल टावरबाहिरको स्थिती तनावग्रस्त बनेपछि मध्यान्ह १२ बजेको शो स्थगित गरिएको हो। स्थिती सामान्य बनेपछि मात्रै पुनः फिलम प्रदर्शन गर्ने हल व्यवस्थापनले जनाएको छ। 

‘कबड्डी ४’की शिर्ष अभिनेत्री मिरुनाले आइतबार भीडमा दर्शकले आफ्नो संवेदनशील अंगमा छोएको आरोप लगाएकी हुन्। अहिले यो विषयलाई लिएर माहोल निकै गर्माएको छ।

उनको विरुद्धमा प्रदर्शन गरिरहेकाहरुले पक्राउ परेका युवकको रिहाइ र फिल्म प्रदर्शनमा रोक लगाउन माग गरेका छन्। गत शुक्रबारबाट रिलिज भएको यो चलचित्रले बक्स अफिसमा नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ।
 

Post a Comment

 
Top