अष्ट्रेलिया र श्रीलंकाबीच जारी दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा अष्ट्रेलियाले फराकिलो जित निकालेको छ। गले टेस्टमा अष्ट्रेलियाले दिएको ५ रनको लक्ष्य अष्ट्रेलियाले ४ बलमा विनाविकेटको क्षतिमा पूरा गर्दै सिरिजमा १(० को अग्रता बनायो।
अष्ट्रेलियाको जितमा ओपनर डेविड वार्नरले रमेश मेन्डिसको तेस्रो बलमा चौका र चौथो बलमा छक्का प्रहार गर्दै खेल जिताए।
त्यसअघि श्रीलंकाले पहिलो इनिङमा २१२ र दोस्रो इनिङमा ११३ रन बनाएर अल आउट भएको थियो। जवाफमा अष्ट्रेलियाले पहिलो इनिङमा ३२१ रन बनाउँदै १०९ रनको अग्रता लियो। जवाफमा दोस्रो इनिङमा श्रीलंका ११३ रन मात्र बनाउन सफल भएपछि अष्ट्रेलियालाई समग्रमा जितका लागि केवल ५ रन चाहिएको थियो। जहाँ अष्ट्रेलियाले सहज रूपमा खेल आफ्नो पक्षमा पार्यो।
अष्ट्रेलियाका स्पिनर नाथन लियोन र ट्रविस हेडले ४(४ विकेट लिए। मिचेल स्वीपसनको नाममा २ विकेट रह्यो। पहिलो इनिङमा अष्ट्रेलियाका लागि क्यामरन ग्रिनले १०९ बलमा ६ चौकासहित सर्वाधिक ७७ रन बनाए। ओपनर उस्मान खवाजा १३० बलमा ७ चौकासहित ७१ रनमा आउट भएका थिए।
त्यसअघि पहिलो इनिङमा श्रीलंका २१२ रनमा अल आउट भएको थियो। श्रीलंकाका विकेटकिपर निरोशन डिक्वेलाले ५९ बलमा ६ चौकासहित सर्वाधिक ५८ रन बनाए। निस्संका २३‚ करुणारत्ने २८‚ एन्जिलो म्याथ्युज ३९ र रमेश मेन्डिस २२ रनमा आउट भए। अष्ट्रेलियाका लागि स्पिनर नाथन लियोनले सर्वाधिक पाँच विकेट लिए।

Post a Comment
Post a Comment