विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म 'प्रसाद'को सिक्वेल बन्ने भएको छ। तीन वर्षअघि प्रदर्शनमा आएको सफल फिल्मको सिक्वेलको रूपमा 'प्रसाद २' बन्ने भएको हो।
बिहीबार काठमाडौंमा कार्यक्रम गरी निर्माण टोलीले 'प्रसाद २' बनाउने घोषणा गरेको हो। सुदर्शन थापाको निर्देशनमा बन्ने फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापा मुख्य भूमिकामा देखिनेछन्। यसअघिको फिल्म दिनेश राउतको निर्देशनमा बनेको थियो।
'प्रसाद २' पनि सामाजिक तथा प्रेम कथामा आधारित हुनेछ। फिल्मका लेखक सुशील पौडेलका अनुसार फिल्ममा अघिल्लो 'प्रसाद'कै कथाले नै निरन्तरता पाउनेछ। जसमा अधिकांश पात्र र कलाकार पहिलेकै रहनेछन्।
केशव पाण्डेको निर्माणमा बन्न लागेको फिल्म यही वर्ष तिहारमा प्रदर्शन गर्ने लक्ष्य लिइएको छ। असार २१ देखि कास्कीबाट फिल्मको छायांकन सुरु हुने बताइएको छ।
Post a Comment
Post a Comment